Birendranagar Municipality

नेपाल अपांग महिला संघको अध्यक्षमा टिका दाहाल निर्वाचित

सेरोफेरो
नेपाल अपांग महिला संघको अध्यक्षमा टिका दाहाल निर्वाचित

११ फागुन । नेपालमा अपांगता भएका महिलाहरुको अधिकारको क्षेत्रमा क्रियाशिल संस्था नेपाल अपांग महिला संघको विशौं साधारण सभा र दशौ महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनबाट अपांगता अधिकारकर्मी टिका दाहाल अध्यक्षमा निर्वाचित हुनु भएको छ ।

 

यसैगरी संस्थाको उपाध्यक्षमा निर्मला ज्ञवाली, महासचिवमा मिना पौडेल, कोषाध्यक्षमा शोभा खतिवडा निर्वाचित हुनुभएको हो । संस्थाको सदस्यहरू कल्पना ढकाल, विनिता शर्मा र दीपा देवकोटा निर्वाचित हुनुभएको छ ।

Inner
संस्थाको विकास र अपांगता भएका महिलाहरुको हित र अधिकारका लागी दत्तचित्त भएर काम गर्ने नवनिर्वाचित अध्यक्ष टिका दाहालले बताउनु भयो । नेपालमा भएका तीन तहका सरकारमा अपांगता भएका महिलाका विषय कसरी जोडेर जाने बारे गहन अध्ययन र समन्वय गरेर अगाडी बढ्ने बताउनु भयो । सरकारले ल्याउने नीति नियममा अपांगताका विषयहरुलाई समेट्ने भन्ने बारे शसक्त रुपबाट लग्ने उहाँको भनाई छ ।

२०७६ फागुन ११ मा प्रकाशित

प्रतिकृया दिनुहोस्