Birendranagar Municipality

नसर्ने रोगका कारण मर्छन् ६० प्रतिशत मानिस

सेरोफेरो

२६ जेठ सुर्खेत । नेपालमा वर्षेनी ६० प्रतिशत मानिसहरु नसर्ने रोगका कारणले ज्यान गुमाउने गरेको तथ्याङ्क सार्वजनिक गरिएको छ । सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो ।


स्वास्थ्य विभाग तथा अनुसन्धान केन्द्र काठमाडौंको आयोजना तथा स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा संञ्चार केन्द्र टेकु तथा जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतको समन्वयमा सम्पन्न कार्यक्रममा विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।


कार्यक्रममा हेल्थ टुडेका सम्पादक पदमराज जोशीले स्वास्थ्य मानवको जीउने आधार भएको भन्दै यसलाई जनताको पहुँचमा पु¥याउनको लागि संचारकर्मीले यस विषयमा प्रचार प्रसार गर्नुपर्ने बताए । डा. सञ्जयकुमार जैसवालले नसर्ने रोगका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यलयका प्रमुख शम्भुप्रसाद ज्ञवालीले नसर्ने रोगहरु वर्तमान समयमा फैलंदो क्रममा रहेको भन्दै राज्यले कतिपय रोग निशल्क उपचार गर्ने भएकोले यसको लागी संचारमाध्यमले प्रचार प्रसार गर्न अनुरोध गरे ।


समय विकास संगै खानपिन, व्यायमको अभाव, नियमित स्वास्थ्य परिक्षण नगर्र्नु तथा प्रदुषणका कारणले वर्षेनी हजारौ मानिसहरु नसर्ने रोगका कारण ज्यान गुमाइरहेका छन् ।
मुटु तथा रक्तनली सम्वन्धी रोग, क्यान्सर, दीर्घ स्वास प्रश्वास सम्वन्धी रोगहरु र मधुमेह नसर्ने रोग हुन् ।

 

२०७४ जेठ २६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्