१२ फागुन । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री माननीय नवराज रावतले सिंहदरबार बैद्यखानाको सोमबार अनुगमन गर्नुभएको छ । करिव ३५० वर्ष पहिले राजा प्रताप मल्लको पालामा स्थापना भएको बैद्यखानाले विभिन्न आयुर्वेदिक औषधीहरु उत्पादन गर्दे आएको छ ।

अनुगमनका क्रममा राज्यमन्त्री रावतले यसबाट उत्पादीत औषधीहरु नेपालभर पुर्याउनको लागी निर्देशन दिनुभयो । राज्यमन्त्री रावतले कर्मचारीको कामको प्रशंसा गर्दे आगामी दिनमा अझ प्रभावकारी रुपमा काम गर्न समेत सम्पुर्ण व्यवस्थापन पक्षलाई सुझाव दिनुभयो ।
प्रतिकृया दिनुहोस्