Birendranagar Municipality

सुशाशनका लागि युवा जागरण तालिम सम्पन्न

सेरोफेरो
सुशाशनका लागि युवा जागरण तालिम सम्पन्न

१६ फागुन । सुशासनका लागि युवा भन्ने अभियानका साथ सुर्खेत जिल्लाको बिरेन्द्रनगर नगरपालिकामा तालिम संचालन तथा सम्पन्न भएको छ । यु.एस.ए आईडी र आई एफ ई एस को सहयोग तथा नेपाल युवा संस्था संजाल (आयोन) को आयोजनामा यहि फाल्गुन १४ गते बुधबार बाट सुरु भएको तालिममा सुर्खेत जिल्ला भित्रका २५ युवाहरुको सहभागिता रहेको थियो ।

 

आगामी निर्वाचनका लागि ३५ लाख युवाहरुलाई मतदानमा सहभागी बनाई कुशल नेतृत्व छनौट गर्ने अभियान स्वरुप आयोनले आगामी २ वर्षका लागि यो कार्यक्रम संचालन गरेको हो । शुक्रबार सम्पन्न भएको तालिममा कार्यक्रम आयोन नेपालका बरिस्ठ उपाध्यक्ष तुलसी चौलागाँई (समीर), आई एफ.ई.एस का कार्यक्रम संयोजक सविन बुढाथोकी, आयोनका डिरेक्टर अनिल उपाध्याय, सदस्य सस्थाका खिम रेग्मी र चरित्रा कुमारी के.सिले सहजीकरण गर्नुभएको छ ।

 

वि.सं. २०७९ सालमा हुने निर्वाचनमा युवा सहभागिता अनिवार्य हुनुपर्ने र यसका लागि असल नेतृत्व छनौट गर्नका लागि र समाजमा स्थानीय सरकारलाई रचनात्मक ढङ्गले सहयोग गर्दै सहभागी युवाहरुलाई आगामी २ वर्ष सम्म समुदायका युवाहरुलाई निर्वाचनमा सफल सहभागिता गराउँदै आफ्नो पनि नेतृत्व विकास गर्न सक्ने बनाउनुपर्ने बरिस्ठ उपाध्यक्ष चौलागाँईले बताउनुभयो । यो तालिम लिए पश्चात् सहभागीहरुले सुर्खेत जिल्लाका क्याम्पस तथा वडाहरुमा गई सचेतनामुलक कार्यक्रम संचालन गर्नेछन् ।

 

यो कार्यक्रम सुर्खेत, धनगडी, काठमाडौं, बाँके र गोरखामा संचालन भईरहेको डिरेक्टर उपाध्यायले बताउनु भयो । तीन दिन सम्म सन्चालन भएको तालिममा सुर्खेत जिल्लाको बिरेन्द्रनगर नगरपालिका, लेकबेशि नगरपालिका र भेरिगंगा नगरपालिका भित्रका युवाहरुको सक्रिय सहभागिता रहेको थियो ।

२०७६ फागुन १६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्