Birendranagar Municipality

सबै अदालत दुई साता सम्मको लागी बन्द

सेरोफेरो
सबै अदालत दुई साता सम्मको लागी बन्द

चैत्र ७ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै देशभरका अदालतहरु आइतबारदेखि दुई साता बन्द हुने भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको पूर्ण इजलासको बैठकले अदालतहरु आगामी चैत २२ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।


तर यो विचमा बन्दी प्रत्यक्षीकरणका रिटहरुमाथि भने कारवाही रोकिने छैन । बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य नियमित मुद्दाहरुको सुनवाई दुई साता रोकिने सर्वोच्च अदालत स्रोतले जनाएको छ ।

 

यस अघि संसदसमेत स्थगित भइसकेकाले न्यायपालिकाले पनि यो निर्णय लिएको हो । यसअघि नै नेपाल बार एशोसियसनले सम्पूर्ण सुनुवाई स्थगित गर्न सर्वोच्चलाई आग्रह गरेको थियो ।

२०७६ चैत्र ७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्