Birendranagar Municipality

काठमाडौंमा भेटियो दोस्रो कोरोना संक्रमित व्यक्ति, सबैलाई सुरक्षित रहन स्वास्थ्यमन्त्रीको आग्रह

सेरोफेरो
काठमाडौंमा भेटियो दोस्रो कोरोना संक्रमित व्यक्ति, सबैलाई सुरक्षित रहन स्वास्थ्यमन्त्रीको आग्रह

तस्बिर : रविन आचार्य/देश सञ्चार

१० चैत । काठमाडौंमा कोरोना भाइरस (कोभिड-१९) का संक्रमित विरामी भेटिएका छन् । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सोमबार आकस्मिक पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएका हुन् । विरामीको विस्तृत विवरण खुलाईएको छैन ।


फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी १९ बर्षीया संक्रमितको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतलमा उपचार भइरहेको छ ।


विदेशबाट फर्कनासाथ उनमा कोरोनाको कुनै लक्षण देखिएको थिएन र होम क्वारेन्टाइनमा बसेकी थिइन् । तर आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।


अब उनीसँगै परिवारका सदस्यहरुको पहिचान गरी आइलेसनमा राख्ने र परीक्षण गर्ने तयारी भइरहेको छ । स्वास्थ्यमन्त्री ढकालले धैर्य नगुमाउने र सावधानी अपनाएर संक्रमण फैलन नदिन सबैलाई अपील गरेका छन् ।

 

यसअघि चीनबाट आएका एक जना नेपालीको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । यद्धपी, उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् ।


सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबै अन्तर्राष्ट्रिय नाका तथा अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । आजैबाट लामो दुरीका सार्वजनिक यातायातमा पनि रोक लगाइएको छ ।


कञ्चनपुर र कैलाली जिल्लामा अनिश्चितकालीन कर्फ्यू लगाइएको छ भने केही जिल्लामा लकडाउन घोषणा गरिएको छ ।

२०७६ चैत १० मा प्रकाशित

प्रतिकृया दिनुहोस्