Birendranagar Municipality

कर्णाली प्रदेशको राजधानीमा 'लकडाउन'को आंशिक प्रभाव : अटेर गर्नेलाई नियन्त्रणमा लिन्छौं एस.पि पन्त

कर्णाली प्रदेशको राजधानीमा 'लकडाउन'को आंशिक प्रभाव : अटेर गर्नेलाई नियन्त्रणमा लिन्छौं एस.पि पन्त

११ चैत्र । सरकारले मंगलबारबाट १८ गते सम्म (एक हप्ता) सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाए पनी कर्णाली प्रदेशको राजधानी सुर्खेतमा लकडाउनको आंशिक प्रभाव देखिएको छ । मानिसहरु छिटफुट रुपमा सडकमा निस्कीएको दृष्यहरु देख्न सकिन्छ ।

 

नागरिकहरुलाई अत्याबसेक बाहेक घरबाहिर ननिस्कन गरेको आग्रहलाई वीरेन्द्रनगरका विभिन्न स्थानमा नागरिकहरुले अवज्ञा गरेको पाईएको छ । प्रहरीले आगमन गरिरहेका नागरीकहरुलाई रोक्नुका साथै माईकिङ समेत गरेको छ ।


नागरिकहरुलाई प्रहरीले सचेतना दिँदा दिँदै पनि सवारी साधान चलाउनु र जथाभावी हिड्नु गलत भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एस.पि दिल्लीराज पन्तले बताउनु भयो । हामीले नागरिक सुरक्षाको लागी पहल गरिरहेका छौ, सचेतना दिईरहेका छौ यसरीनै नागरीकले अटेर गरेमा प्रमुख जिल्ला अधिकारीले दिइएको आदेशको आधारमा नियन्त्रण लिने समेत एस.पि पन्तले सेरोफेरालाई बताउनु भयो ।


कोरोनासम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले भोलि मंगलबार विहान ६ बजेबाट एक सातासम्म सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको हो । नेपालमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको हो ।

२०७६ चैत्र ११ मा प्रकाशित

प्रतिकृया दिनुहोस्