Birendranagar Municipality

नेपाल भारत सिमाक्षेत्रमा अलपत्र नागरिकको उद्धार गर्न सांसद रेग्मीको माग

सेरोफेरो
नेपाल भारत सिमाक्षेत्रमा अलपत्र नागरिकको उद्धार गर्न सांसद रेग्मीको माग

११ चैत्र । सरकारले नेपाल भारत सिमाबाट नेपाल तर्फ प्रवेश रोके संगै नागरिकहरु सिमाक्षेत्रमा अलपत्र परेका छन् । कर्णाली प्रदेश सभा सदस्य धर्मराज रेग्मीले अलपत्र नागरिकहरुलाई तत्काल उद्धार गरि क्वारेन्टाइनमा राख्न माग गर्नुभएको छ ।

 

संकटको समयमा आफ्नो देश र परिवार खोजेर आएका नागरीकलाई सिमामा रोक्नु राम्रो नभएको उहाँले बताउनु भयो । कोरोना भाईरसको संक्रमण फैलिन नदिन सचेत रहदै नागरिकहरुलाई उद्धार गर्न सरकारले पहल थाल्नुपर्नेमा जोड दिनु भयो ।

 

तिन तहका सरकारसंग समन्वय गरेर अलपत्र परेका नागरिकहरुको उद्धार गर्न सांसद रेम्गीले संघिय सरकारसंग माग गर्नु भयो । सयौ संख्यामा नागरिकहरुले आफ्नो घर जान पाउनु पर्ने भन्दै सिमाबाट सरकार संग हारगुहार गरिरहेका छन् ।

 

आजदेखि पूर्णरुपमा लकडाउन गर्दे सरकारले चैत्र १८ सम्म अत्याबसेक काम बाहेक घर बाहिर निस्कन आग्रह गरेको छ ।

२०७६ चैत्र ११ मा प्रकाशित

प्रतिकृया दिनुहोस्