११ चैत्र । भारत लगायत देशका विभिन्न स्थानबाट कर्णाली आउने क्रममा अलपत्र पर्ने नागरिकहरुले १११० मा फोन गर्न कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिनुभएको छ ।
धेरै नागरिकहरु नेपाल भारत सिमा क्षेत्रमा अलपत्र परेको समाचार आईरहेको अवस्थामा सामाजिक विकास मन्त्री रावलले आफ्नो सामाजिक संजाल मार्फत प्रदेशका विभिन्न जिल्ला पुग्ने गरी हिंडेका नागरीकहरुलाई गन्तव्य पुर्याउने र उपचारको सुनिश्चित गर्ने जानकारी दिनुभएको छ ।
कोरोनासम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले मंगलबार विहान ६ बजेबाट एक सातासम्म सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको हो ।
प्रतिकृया दिनुहोस्