१२ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु घरमा बसेर सरकार संचालन गरिरहेको बताउनु भएको छ । साथै प्रधानमन्त्रीले लकडाउनका बेला घरमै बस्न नागरिकलाई आग्रह गर्नुभएको छ ।
सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री ओलीले नागरिकहरुलाई अर्को सूचना नआएसम्मका लागि घरमै सुरक्षित भएर बस्न आग्रह गर्नुभएको छ ।
We all are under lockdown
— K P Sharma Oli (@kpsharmaoli) March 25, 2020
Be Safe - Stay at Home
Till the next announcement !#COVID_19Nepal #बन्दबन्दीमा_नेपाल pic.twitter.com/08K3ETocwG
प्रधानमन्त्री ओलीले ट्वीटमा भन्नुभएको छ, ‘म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु । तपाईँहरु पनि घरमै बस्नुहोस् ।’
सरकारले कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागि गएको मङ्गलबार बिहान ६ बजेदेखि लकडाउन आदेश गरेको हो । यो निर्णय आउँदो चैत १८ गतेसम्म लागु हुनेछ ।
प्रतिकृया दिनुहोस्