१३ चैत्र । कर्णाली प्रदेश सरकारले विभिन्न तीनवटा अस्पताललाई कोरोना भाइरसका संक्रमितको उपचार गर्नको लागी आइसोलेसनको रुपमा तोक्ने निर्णय गरेको छ । चैत्र १३ गते बसेको प्रदेश सरकारको बैठकले प्रदेश अस्पत्ताल, सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला र चौरजहारी सामुदायिक अस्पत्ताल, रूकुम (पश्चिम) लाई आइसोलेसनको लागी तोक्ने निर्णय गरेको छ ।
साथै प्रदेश अस्पत्ताल, सुर्खेतको लागी एक करोड, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला लागी एक करोड र चौरजहारी सामुदायिक अस्पत्ताल, रूकुम (पश्चिम) को लागी पचास लाख सहयोग गर्ने समेत निर्णय गरेको कर्णाली सरकारका प्रवक्ता एवम् कृषि मन्त्री विमला केसीले जानकारी दिनुभएको छ । साथै बैठकले उक्त अस्पतालको आईसोलेसन परिचालन समिति समेत गठन गरेको छ ।
प्रदेश अस्पत्ताल, सुर्खेतमा मन्त्री, सामाजिक विकास मन्त्रालय संयोजक, प्रमुख, जिल्ला समन्वय समिति, सुर्खेत सदस्य, नगरप्रमुख, वीरेन्द्रनगर नगरपालिका सदस्य, प्र.जि.अ.जिल्ला प्रशासन कार्यालय, सुर्खेत सदस्य, निर्देशक, स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र सदस्य, स्वास्थ्य महाशाखा प्रमुख, सामाजिक विकास मन्त्रालय सदस्य र अस्पत्ताल निर्देशक, प्रदेश अस्पत्ताल, सुर्खेत सदस्य सचिव रहने गरी परिचालन समिति गठन गरिएको छ ।
यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा मन्त्री, आन्तरिक मामिला तथा कानून मन्त्रालय संयोजक र सदस्यहरुमा प्रमुख, जिल्ला समन्वय समिति, जुम्ला, नगरप्रमुख, चन्दननाथ नगरपालिका जुम्ला, प्र.जि।अ.जिल्ला प्रशासन कार्यालय, जुम्ला, प्रमुख, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला, प्रमुख, जिल्ला जनस्वास्थ्य कार्यालय, जुम्ला, मे.सू. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला सदस्य सचिव रहने गरी परिचालन समिति गठन गरिएको छ ।
चौरजहारी सामुदायिक अस्पत्ताल, रूकुम (पश्चिम)को परिचालन समितिमाको संयोजकमा मन्त्री, भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालय रहनुभएको छ । यसैगरी सदस्यहरुमा प्रमुख, जिल्ला समन्वय समिति, रूकुम (पश्चिम), नगरप्रमुख, चौरजहारी नगरपालिका, रूकुम (पश्चिम), प्र.जि.अ.जिल्ला प्रशासन कार्यालय, रूकुम (पश्चिम), निर्देशक, स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र, प्रमुख जिल्ला जनस्वास्थ्य कार्यालय, रूकुम (पश्चिम) र मे.नि, चौरजहारी सामुदायिक अस्पत्ताल, रूकुम (पश्चिम) सदस्य सचिव रहने प्रवक्ता विमला के.सी जनाउनु भएको छ ।
सरकारले कोरोना भाईरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारद्वारा स्थापना गरिएको प्रदेश विपतव्यवस्थापनकोषमा मा.मुख्यमन्त्रीज्यू सहित सवै मन्त्रिपरिषद सदस्यहरूले १ महिनाको पारिश्रमिक जम्मा गर्ने र जनप्रतिनिधिहरू, राष्ट्रसेवक, उद्योगी÷व्यवसायी एवं अन्य र्इच्छुक व्यक्ति तथा संघसंस्थाहरूलार्इ उक्त कोष वृद्धिको लागि सहयोग गर्न अपिल गर्ने निर्णय गरेको छ।
साथै कोरोना भार्इरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्रिहरू आपुर्तीका लागि नेपाल सरकार समक्ष माग गर्ने, नेपाल सरकारले तत्काल उपलब्ध गराउन नसक्ने भएमा प्रदेश सरकार आफैले खरिद तथा आपुर्ती व्यवस्था मिलाउने समेत निर्णय गरेको सरकारका प्रवक्ता केसीले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस्