Birendranagar Municipality

आरङ्ग नेपाल सुर्खेतका गाउँ–गाउँमा

आरङ्ग नेपाल सुर्खेतका गाउँ–गाउँमा

सेरोफेरो
२८ जेठ, सुर्खेत । आरङ्ग नेपालले सुर्खेतका विभिन्न स्थानमा प्राकृतिक बिपतका समयमा शिशु अवस्थाका वालवालिकालाई कसरी बचाउने र शिशु स्वास्थ्य सम्बन्धि सन्देश बोकेको नाटक प्रदर्शन गरेको छ ।


सेभ द चिल्ड्रेनको शिशु स्वास्थ कार्यक्रम अन्तर्रगत जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतको सहयोगमा ‘छिटो आउ’ नाटक जेठ २६ देखि २८ सम्म साविकको धारापानी, लेखपराजुल, साटाखानी, हरिहरपुर र बाबियाचौर गाबिसमा प्रदर्शन गरिएको हो ।


आरङ्ग नेपालका सचिब प्रकाश पौडेलको कथामा खुमलाल न्यौपानेको लेखन तथा निर्देशन रहेको नाटकमा नबराज खराल, खुमलाल न्यौपाने, दिनेश खत्री, तिलक पौडेल, गीता कटुवाल, सन्जीता सुनार लगाएतको अभिनय रहेको थियो ।

२०७४ जेठ २८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्