१४ चैत्र । नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको पुष्टि भएको छ । संक्रमित व्यक्तिले प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिनुभयो ।
प्रवक्ता देवकोटाले संक्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह समेत गर्नुभएको छ । संक्रमित व्यक्ति दुबईबाट आएको जनाइएको छ । उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए । यसअघि नेपालमा तीन जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
संक्रमित मध्ये एक जना उपचार पश्चात घर फर्केका छन् भने दूई जनाको उपचार भईरहेको छ ।
प्रतिकृया दिनुहोस्