सांकेतिक तस्बिर
बा भन्नुहुन्थ्यो
घर भर हो!
अरु तपसिलका कुरा
'होम क्वारेन्टाइन'मा बस्दा
अहिले लागिरहेछ
ठेगान नभएको
एक थान जीवनलाई
घरले नै दिएको हो ठेगाना
र त्यसैसँगै जोडिएर
बनेको हो परिचय
चाहे घर छाडेरै
आर्जेको किन नहोस् चिनारी!
आज परिचयको पहाडले
थिचिएको भान भएको छ जीवन
र महसुस हुन थालेको छ-
जीवन त्यो होइन
जो हामीले भोगेका छौं
जीवन त्यो हो
जो पाएर हामी धन्य छौं
अरु तपसिलका कुरा ।
प्रतिकृया दिनुहोस्