१५ चैत । कोरोना भाइरसको परीक्षण र उपचारमा चाहिने अत्यावश्यक पिपिई लगायत मेडिकल सामग्री ल्याउन नेपाल वायुसेवा निगमको जहाज चीन उडेको छ । जहाजमा चालक दलका सदस्य र प्राविधिकसहित १० जनाको टोली गएको छ ।
निगमका अपरेसन डाइरेक्टर दीपु जोहार्चनका अनुसार दिउँसो साढे १२ बजे जहाज ग्वान्जाओका लागि उडेको हो । ग्वान्जाओमा नेपालले किनेर राखेका सामान बोकेर जहाज आजै राति साढे १० बजे काठमाडौं आइपुग्ने बताइएको छ ।
प्रतिकृया दिनुहोस्