Birendranagar Municipality

कर्णाली विपद् व्यवस्थापन कोषमा सिद्धार्थ बैंकले गर्‍यो दश लाख सहयोग

सेरोफेरो
कर्णाली विपद् व्यवस्थापन कोषमा सिद्धार्थ बैंकले गर्‍यो दश लाख सहयोग

१५ चैत्र । कर्णाली प्रदेश सरकारले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा सिद्धार्थ बैंक सुर्खेतले १० लाख सहयोग गरेको छ । कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद् व्यवस्थापन कोषमा उक्त रकमको चेक शनिबार हस्तान्तरण गरिएको छ ।

 

प्रदेश विपद् व्यवस्थापन कोषमा जम्मा हुने गरी शनिवार सिद्धार्थ बैंकको तर्फबाट बैंकका प्रदेश कार्यालय प्रमुख रञ्जन कोइरालाले १० लाख रुपैयाँको चेक मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हस्तान्तरण गर्नुभएको हो ।

 

विश्वव्यापी रुपमा मानव जातिविरुद्ध आइपरेको कोरोना संकट अन्त्य गर्न निजी क्षेत्रबाट भएको योगदानप्रति मुख्यमन्त्री शाहीले धन्यवाद दिनुभयो । ‘यो विश्वलाई नै कोरोनाले आक्रमण गरेको छ । यस्तो खालको आक्रमणबाट सबै जोगिन आवश्यक छ । त्यसका लागि अधिकतम प्रयास प्रदेश सरकारले गरिरहेको छ,’ मुख्यमन्त्री शाहीले भन्नुभयो, ‘यो संकटको घडीको सामना गर्न सरकारले निर्माण गरेको कोषमा सहयोग गर्नु भएकोमा धन्यवाद दिन चाहन्छु ।

 

रकम हस्तान्तरण कार्यक्रममा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको समेत उपस्थिती रहेको थियो 

२०७६ चैत्र १५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्