तस्बिर: राजन काफ्ले
१६ चैत । सरकारले चैत २६ गतेसम्म लक डाउन लम्ब्याउने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन ११ चैतमा पहिलोपटक एक हप्ताका लागि लक डाउनको घोषणा गरिएको थियो ।
आइतबार दिउँसो बसेको कोभिड १९ नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लक डाउनको अवधि लम्ब्याउनु पर्ने सिफारिस गरेपछि बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले थप ८ दिन देशभर लक डाउन गर्ने निर्णय गरेको प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।
सरकारले लक डाउनको उल्लंघन गर्ने र तोकिएअनुसार क्वारेन्टाइनमा नबस्नेलाई संक्रामक रोग ऐन, २०२० बमोजिम जेल हाल्ने निर्णय पनि गरेको छ ।
नेपालमा हालसम्म पाँच जनामा कारोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
प्रतिकृया दिनुहोस्