१८ चैत्र । कोरोना संक्रमणको बेला नागरिकलाई यसबाट बच्ने उपाय वारे चौकुने गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाही आफै सक्रिय रुपमा लाग्नु भएको छ । अध्यक्ष शाहीले गाउँपालिकाको विभिन्न वडाहरुमा माईकिङ, पर्चा वितरण र सावुन वितरण गरिरहनु भएको छ ।
बैदेशिक रोजगारीको लागी छिमेकी मुलुक भारतमा उक्त क्षेत्रका नागरिकहरु धेरै जानेगरेको र उनिहरु विभिन्न माध्ययमबाट घर फर्किएको अवस्थामा अध्यक्ष शाही गाउँगाउँमा माईकिङ गर्न आफै अग्रसर हुनु भएको छ ।
'लकडाउन' भन्दा पहिला गाउँपालिका आएका करिव तीन सय ९० जना सेल्फ क्वारेन्टाईनमा बसेको अध्यक्ष धिरबहादर शाहीले जानकारी दिनु भयो । उहाँले भन्नुभयो 'लकडाउनको समयभन्दा पछि समेत विभिन्न नाका हुदै गाउँप्रवेश गरेका नागरिकको तथ्याङ्क संकलन गरिरहेका छौ, हरेक वडामा दशजना स्वयंम्वेवक परिचालनको पनि तयारी गरी सो तत्याङ्क निकाल्ने क्रममा छौ'।
चौकुने गाउँपालिका हुँदै भारतबाट आएका नागरिकहरु अछाम, कालिकोट र जुम्ला जाने बाटो भएकोले समेत आफुहरुले थप चुनौती महशुस गरिरहेको र गाउँपालिका यसमा सचेत रहेको अध्यक्ष शाहीले जानकारी दिनुभयो । गाउँपालिकाले जिवनज्याती मा.विमा क्वारेन्टाईन बनाएर संचालन गर्ने तयारी भईरहेको बताउनु भयो ।
प्रतिकृया दिनुहोस्