१८ चैत्र । सुर्खेतका युवा उद्यमी चिन्तामणी शर्माले आफ्नो होटल लाई क्वारेन्टाईनको लागी उपलब्ध गराउनु भएको हो । सुर्खेतमा तत्काल क्वारेन्टाईन तयार भई नसकेको अवस्थामा शर्माले वीरेन्द्रनगर १० बुलबुले नजिक संचालन गरेको होटल अशोकालाई क्वारेन्टाईनको लागी प्रयोग गर्नु दिनुभएको हो ।
राज्यलाई आवश्यक परेको बेला सवै नागरिकहरुले सक्ने सहयोग गर्नुपर्ने उहाँले बताउनु भयो । उहाँले भन्नुभयो 'सुर्खेतमा धेरै होटल छन्, यो भन्दा ठुला होटल पनि छन् तर अरुले यो क्वारेन्टाईन बनाउन नदिएको अवस्थामा मैले दिएको छु, नागरीकको कर्तव्य यही नै हो' ।
शर्माका अनुसार पहिलो लर्टमा होटलमा बसेका ७८ जनालाई नेपाली सेनाले घण्टाघर नजिक खुलामञ्चमा तयार गरेको क्वारेन्टाईनमा सारिएको र फेरी नयाँ ६० जना होटलमा राखीएको उहाँले बताउनु भयो ।
प्रतिकृया दिनुहोस्