१८ चैत्र । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट ल्याएको कोरोना परिक्षण गर्ने मेसिन कर्णाली प्रदेश अस्पतालमा चैत्र १९ गते अर्थात भोली पठाउने भएको छ । चिनियाँ भाषाका कारण सबै व्यवस्थापन काठमाडौंमै गर्नुपर्ने भएकाले चैत्र १७ गते स्वास्थ्य राज्यमन्त्री नवराज रावतले मेसिन बाहेक अन्य सामाग्रीमात्र लियर सुर्खेत आउनु भएको थियो ।
राज्यमन्त्री रावतले कोराना भाईरस परिक्षण मेसिन ढिलोको एक हप्तामा सुर्खेत आउने जानकारी दिनुभएको थियो । कर्णाली प्रदेशको लागी प्रयोगशाला विज्ञको लागी रामकृष्ण श्रेष्ठलाई पठाउन लागिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुणा झाले जानकारी दिनुभयो ।
प्रयोगशाला विज्ञ र मेसिन आजनै पठाउने तयारी भएको राज्यमन्त्री रावतका स्वकीय सचिव तपेन्द्र विसीले जानकारी दिनुभयो ।
राज्यमन्त्री रावतले चैत्र १७ गते चीनबाट आएका सामग्रीहरु गाउन १० कार्टुन, एन ९५ मास्क ४८० थान, आइ।आर थर्ममिटर १० थान, पञ्जा २० हजार थान र सर्जिकल मास्क १० हजार थान सहित सुर्खेत आउनु भएको थियो ।

प्रतिकृया दिनुहोस्