Birendranagar Municipality

गुराँस गाउँपालिका द्वारा विपद् व्यवस्थापन कोषको स्थापना

सेरोफेरो
गुराँस गाउँपालिका द्वारा विपद् व्यवस्थापन कोषको स्थापना

१८ चैत्र । दैलेख जिल्लाको गुराँस गाउँपालिकाले विपद् व्यवस्थापन कोष खडा गरेको छ । विश्वमा माहामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ को महामारी प्रकोप फैलिन सक्ने सम्भावनालाई मध्यनजर गरि उक्त रोगको रोगथाम, नियन्त्रण र उपचारका लागि गुराँस गाउपालिकाबासीको हितमा गुराँस गाउँपालिका विपद व्यवस्थापन कोषको स्थापना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम बहादुर बुढाले जानकारी दिनु भएको छ ।

 

सहयोगी व्यत्तिहरुले गाउँपालिकाको प्रभु बैङ्कमा रहेको खाता नं १८१००२०१०९२९९१०००००४ मा सक्दो रकम जम्मा गर्न समेत प्रमुख प्रशासकिय अधिकृतले आग्रह गर्नुभयो । साथै नगद दिन चाहाने व्यक्तिहरुले मोवाईल नम्वर९८५११४०३६७ मा सम्पर्क गर्न समेत प्रमुख प्रशासकिय अधिकृत बृढाले अनुरोध गर्नुभयो ।

 

गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले आज नै उक्त कोषमा रू.२५,०००.०० सहयोग गरि अभियानको शुरुवात समेत गर्नु भएको छ । गाउँपालिकामा ५८ वटा बेडको क्वारेन्टाईन र दुई बेडको आईसोलेसन निर्माण गरिएको गाउँपालिका अध्यक्ष खेमराज ओलीले जानकारी दिनुभयो ।

 

जस अनुसार गुराँसेमा १६ वटा, वडा नं. ४ को स्वास्थ्य चौकीमा ६ वटा, वडा नं ६ को स्वास्थ्य चौकीमा ८ वटा र अन्य ७ वटा स्वास्थ्य चौकीहरुमा ४ वटाको दरले २८ गरी जम्मा ५८ वटा बेडको क्वारेन्टाईन तयार भएको अध्यक्ष ओलीले बताउनु भयो । यो विपद्को समयमा सवैले क्वारेन्टाईनमा बसेर सहयोग गरिदिनुहुन गाउँपालिका बासीलाई अध्यक्ष ओलीले अनुरोध गर्नुभयो ।

२०७६ चैत्र १८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्