Birendranagar Municipality

डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो

सेरोफेरो
डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो

१९ चैत्र । नेपाल आयल निगम लिमिटेडले डिजेल र पेट्रोलको मुल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ । कोरोनाबाट अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावट आएपछि पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

 

१ अप्रिल २०२० मा ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगम संचालक समितिको बुधबार बसेको बैठकले राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजल रमटितेलको साविकको खुद्रा विक्री मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ ।

 

काठमाडौंको लागि पेट्रोलको खुद्रा विक्री मूल्य ९६ रुपैयाँ कायम भएको छ भने र डिजेल र मटितेलको खुद्रा विक्री मूल्य ८५ रुपैयाँ प्रतिलिटरमा झरेको छ ।

२०७६ चैत्र १९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्