Birendranagar Municipality

हवाईमार्गबाट हुम्लामा पुग्यो १ सय २२ कुईन्टल खाद्यन्न

सेरोफेरो
हवाईमार्गबाट हुम्लामा पुग्यो १ सय २२ कुईन्टल खाद्यन्न

२० चैत्र । मोटरबाटोले नछोएको कर्णाली प्रदेशको हुम्ला जिल्लामा हवाईमार्गबाट १ सय २२ कुईन्टल खाद्यन्न ढुवानी गरिएको छ । बुधबारदेखी सीता एयर र तारा एयरले खाद्यान्न बोकेको खाद्य संस्थान सुर्खेतका प्रमुख भिम थापाले जानकारी दिनुभयो । ‘अहिले सम्म ७२ कुईन्टल खाद्यन्न सुर्खेतबाट गईसकेको छ ।, उहाँले भन्नुभयो ‘दिनमा एक–एक उडान नेपालगञ्जबाट समेत हुने गरेको छ ।’ नेपालगञ्जबाट ५० कुईन्टल खाद्यन्न हुम्ला ढुवानी भएको थापाले जानकारी गराउनु भयो । मोटरबाटोले नछोएको एउटा मात्रै जिल्ला हुम्लामा खाद्यन्नको संकट नहोस् भनेर हवाईमार्गबाट ढुवानी गरिएको थापाले जानकारी गराउनु भयो ।


थापाका अनुसार करिब हुम्ला जिल्लाका लागि २५ सय कुईन्टल खाद्यन्न ढुवानी गर्ने तयारी भएको छ । ‘अहिले चामल मात्रै ढुवानी गरिएको छ ।,उहाँले थप्नुभयो ‘ नुन समेत ढुवानी गर्ने तयारी गरेका छौं ।’ विकट क्षेत्रका नागरिकलाई संकटमा खाद्यन्न अभाव हुन नदिने नेपाल सरकारको निती र निर्णय अनुसार खाद्यन्न ढुवानी बुधबार देखी शुरु गरिएको थापाले बताउनु भयो ।

 

भोली सम्म खाद्यन्न ढुवानी गरी सक्न खाद्य संस्थान सुर्खेतका प्रमुख थापाले बताउनु भयो । हुम्लाका प्रतिनिधी सभा सदस्य छक्कबहादुर लामाले हुम्लामा खाद्यन्न संकट नहोस भन्नका लागि जोहो गरिएको बताउनु भयो । ‘अहिले नै हुम्लामा खाद्य संकट त भएको छैन ।, सांसद लामाले भन्नुभयो ‘तर लामो समयसम्म लकडाउन भयो भने समस्या नहोस् भनेर खाद्य संस्थानले खाद्य ढुवानी गरेको छ ।’ लामाले नेपाल सरकारले सम्भावित खाद्य संकटलाई टार्नको गरेको ढुवानीले नागरिक उत्साहित भएको बताउनु भयो ।

२०७६ चैत्र २० मा प्रकाशित

प्रतिकृया दिनुहोस्