२० चैत्र । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा आज देखि कोरोना परिक्षण हुने भएको छ । कोरोना परिक्षण गर्ने मेसिन र प्रयोगशाला विज्ञ सुर्खेत आए संगै कोरोना परिक्षण हुने कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिनुभयो ।
'Throat Swap' नमुना संकलन गरी परिक्षण कार्य आजबाट गरिने कर्णाली प्रदेश अस्पतालका प्रमुख डाक्टर डम्वर खड्काले बताउनु भयो ।

नमुना संकलन जारी रहेको र संकलित नमुना मध्ये आज ८ वटाको परिक्षण गरिने कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख रिता भण्डारीले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस्