Birendranagar Municipality

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ पुग्यो

सेरोफेरो
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ पुग्यो

२० चैत्र । नेपालमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । छैटौं व्यक्ति पनि चैत ४ गते कतारको दोहाबाट कतार एयरवेजको विमान क्यूआर ६५२ बाट नेपाल आएको र उक्त व्यक्तिमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नयाँ संक्रमित भेटिएको पुष्टि गर्नुभयो । आज ११८४ केस परिक्षण गरिएको छ, साथै ४३ वटा नमुनाको परिक्षण भईरहेको प्रवक्ता देवकोटाले जनाकारी दिनुभयो ।


साथै विभिन्न स्थानमा परिक्षण भईरहको उहाँले जानकारी दिनुभयो ।

२०७६ चैत्र २० मा प्रकाशित

प्रतिकृया दिनुहोस्