२० चैत्र । कृषि विकास बैंक लि.कर्णाली प्रदेश कार्यालय सुर्खेतले कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषलाई आर्थिक सहयोग प्रदान गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पुगि बैँकका प्रदेश निर्देशक माधव रिजालले आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी लाई रू.५ लाख को चेक हस्तान्तरण गर्नुभएको थियो ।
विश्वब्यापि रूपमा महामारिको रूपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रण सहयोगार्थ उक्त रकम प्रदान गरिएको हो ।बैँकले सामाजिक सामुदायिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सो रकम उपलब्ध गराएको जनाएको छ ।
सो कार्यक्रममा मन्त्रालयका सचिव श्री वीरेन्द्र कुमार यादव तथा बैँकको कर्णाली प्रदेश कार्यालय सुर्खेतका बरिष्ठ शाखा अधिकृत अविनास राना मगर र नबराज बुढा को समेत सहभागिता रहेको कृषि विकास बैंक प्रदेश कार्यालयका लेखापाल चन्द्र प्रसाद पाण्डेले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस्