Birendranagar Municipality

कर्णालीमा चार नमुना परिक्षण, सबै नेगेटिभ

सेरोफेरो
कर्णालीमा चार नमुना परिक्षण, सबै नेगेटिभ

चैत्र २० । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पहिलो पटक विहिवार कोरोना नमुना परिक्षण गरिएको छ । लिईएका नमुना मध्ये चार वटा नमुना परिक्षण गरिएको र सबै नेगेटिभ रहेको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख रिता भण्डारीले जानकारी दिनुभयो ।

 

जसमा ३ वटा भारतबाट आएका व्यक्तिको नमुना रहेको निर्देशनालयका प्रमुख भण्डारीले जानकारी दिनुभयो । कर्णालीमा बुधवार मात्र कोरोना परिक्षण मेसिन आईपुगेको थियो ।

२०७६ चैत्र २० मा प्रकाशित

प्रतिकृया दिनुहोस्