चैत्र २० । वीरेन्द्रनगर नगरपालिका द्वारा विपन्न तथा अति गरिब नागरिकहरुलाई बिहिवार देखि राहत वितरण गरेको छ । दैनिक ज्यालामजदुरी गरी जिवनयापन गर्ने नागरिक लाई नगरपालिकाले राहत वितरण गरेको हो ।
वीरेन्द्रनगर वडा नं ५ श्रीनगरबाट राहत वितरण कार्यको शुरुवात गरिएको कार्यबाहाक प्रमुख मोहनमाया भण्डारी (ढकाल) ले जानकारी दिनुभयो । राहत विरतणको कार्य नगरपालिकाका १६ वटा वडामा गरिने कार्यबाहाक प्रमुख भण्डारीले बताउनु भयो । 'सरकारले लकडाउनमा भनेर घरमा बस्न अनुरोध गरेको बेला भित्र बस्नु होला, नगरपालिका तपाईको साथमा छ' भण्डारीले भन्नु भयो ।

नगरपालिकाले चार जना परिवार हुनेलाई १५ केजि र चार भन्दा धेरै परिवार हुनेलाई ३० केजी चामल वितरण गरिएको प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले जानकारी दिनुभयो । साथै सवै नागरिकहरुले लकडाउनको पूर्ण पालन गर्न समेत ढकालले आग्रह गर्नुभयो ।
प्रतिकृया दिनुहोस्