Birendranagar Municipality

कर्णाली 'विपद् व्यवस्थापन कोष'मा दश करोड त्रिपन्न लाख भन्दा धेरै रकम संकलन

सेरोफेरो
कर्णाली 'विपद् व्यवस्थापन कोष'मा दश करोड त्रिपन्न लाख भन्दा धेरै रकम संकलन

२१ चैत्र । कोरोना भाईरस (कोभिड-१९) को संक्रमण नियन्त्रण र प्रदेशबासीको सहयोगको लागी कर्णाली प्रदेश सरकारले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा बिहिवार सम्म १० करोड, ५३ लाख, ५२ हजार एक सय एकाउन्न रुपैया संकलन भएको छ । प्रदेश सरकारले रु १० करोड उक्त कोषमा जम्मा गरेको छ ।

 

उक्त विपद् कोषमा कर्णाली प्रदेशका विभिन्न बैंक, सहकारी संस्था, गैर सरकारी संस्था तथा व्यक्तिहरुले सहयोग गर्नुभएको छ । उक्त कोषमा सिद्धार्थ बैंकले दश लाख र कुमारी बैंकले दश लाख प्रदान गरेका छन् ।

 

यसैगरी सिटिजन्स बैंकले सात लाख, नेपाल बैंकले पाँच लाख, गरिमा विकास बैंकले पाँच लाख, माछापुच्छ्रे बैंकले पाँच लाख र कृषि विकास बैंकले पाँच लाख सहयोग प्रदान गरेका छन् । सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्थाले दुई लाख, नेपाल मगर संघ जिल्ला समन्वय समितिले दुई लाख, सिद्धार्थ संचार सहकारी संस्थाले पचहत्तर हजार, अपाङ्ग महासंघले ५१ हजार १ सय ५१, लगनशिल महिला लघु उद्यमी सहकारी संस्थाले पचास हजार, सिद्धार्थ नेशनल को अपरेटिभ स्कुलले पच्चिस हजार उक्त विपद् व्यवस्थापन कोषमा जम्मा गरेका छन् ।

 

यसैगरी समाजसेवी पदमबहादुर विश्वकर्माले एकान्न हजार सहयोग गर्नु भएको छ । उक्त कोषमा प्रदेश सरकारका मन्त्रीहरुको एक महिनाको तलब समेत जम्मा गरिने कर्णाली सरकारले जानकारी दिएको छ ।

२०७६ चैत्र २१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्