२१ चैत । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न भन्दै कालिकोटमा झोलुङ्गे पुलबाट आवतजावत बन्द गरिएको छ । खाँडाचक्र नगरपालिका र सान्नीत्रिवेणी गाउँपालिकालाई जोड्ने रेगिलमा रहेको झोलुङ्गे पुलमा अवरोध खडा गरिएको हो ।
खाँडाचक्र ११ ले एक सूचना टाँसी चैत १८ देखि पूल सर्वसाधारणका लागि पुर्णरुपमा बन्द गरेको जनाएको छ । यसका साथै पूलको बीच भागमा रहेका फलामका फ्लेकहरु समेत निकालिएको छ । नेपाल सरकारले घोषणा गरेको लकडाउन कार्यान्वयनका लागि यस्तो निर्णय गरेको अध्यक्ष पुष्पराज गिरीले सेरोफेरोलाई बताए ।
१० बर्षे सशस्त्र द्वन्द्वकालमा तत्कालीन माओवादीले भत्काएको उक्त पूल केही समयअघि पुनर्निर्माण गरिएको थियो । यो सान्नीत्रिवेणीलाई सदरमुकाम जोड्ने एकमात्र पैदलमार्ग हो ।

प्रतिकृया दिनुहोस्