Birendranagar Municipality

'पोखरामा कुनै पोजेटिभ रिपोर्ट छैन', स्वास्थ्य प्रवक्ता देवकोटा

सेरोफेरो
'पोखरामा कुनै पोजेटिभ रिपोर्ट छैन', स्वास्थ्य प्रवक्ता देवकोटा

२१ चैत्र । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालै मात्र स्थापना गरिएको कोभिड १९ परीक्षण ल्याबबाट एक जनामा कोरोना पोजेटिभ भएको कुरा सत्य नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभएको छ ।

 

आज गरिएको परिक्षणमा भारतबाट आएका व्यक्तिमा कोरोना भेटिएको प्रतिष्ठानले जनाएको थियो । प्रवक्ता देवकोटाले उक्त परिक्षणको भ्यालिडेसन र प्रकृया का कारण यसो भएको हुन सक्ने जानकारी दिनुभयो । देवकोटाले पोखरामा कुनै पोजेटिभ केस नभेटिएको नियमित अपडेटका क्रममा बताउनु भयो ।

 

कुनै नमुनामा शंका लागेमा यसलाई पुन परिक्षण समेत गरिने प्रवक्ता देवकोटाले जानकारी दिनुभयो । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले समेत नेपालमा संक्रमितको संख्या ७ पुगेको अपडेट समेत गरेको गरेको थियो । तर मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयल यो अपडेट हटाएको छ । यो घटना संगै प्रदेशमा स्थापना गरिएका नमुना परिक्षणको प्रकृया र मेसिनका सम्वन्धमा समेत प्रश्न उत्पन्न भएको छ ।

 मुख्यमन्त्री कार्यालयको वेबसाइटको स्क्रिनशट, जुन अहिले प्रदेश सरकारले हटाएकाे छ 

ocmcm.gandagi

 पोखरामा भेटिए सातौं कोरोना संक्रमित

२०७६ चैत्र २१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्