Birendranagar Municipality

सुदुरपश्चिममा तीन जना नयाँ संक्रमित फेला, नेपालमा कोरोना संक्रमितको संख्या नौ पुग्यो

सेरोफेरो
सुदुरपश्चिममा तीन जना नयाँ संक्रमित फेला, नेपालमा कोरोना संक्रमितको संख्या नौ पुग्यो

२२ चैत्र । नेपालमा कोरोना संक्रमितको संख्या नौ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार सुदुरपश्चिममा तीन जना नयाँ कोरोना संक्रमित भेटिएको जानकारी दिएको छ ।

 

आफ्नो आधिकारीक फेसबुक मार्फत तीन जना कोरोना संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये भारतबाट नेपाल आएका दुईजना पुरुष र यस अघि कैलालीमा संक्रमित पुरुषका आफन्त महिला रहेको मन्त्रलायले जानकारी दिएको छ ।

मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूषमा संक्रमण देखिएको हो । यसैगरी कैलालीको ३४ वर्षे महिलामा संक्रमण देखिएको मन्त्रलायले पुष्टि गरेको छ ।

२०७६ चैत्र २२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्