Birendranagar Municipality

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अनिश्चितकालिन तालाबन्दी

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अनिश्चितकालिन तालाबन्दी

सेरोफेरो
२९ जेठ, सुर्खेत । संयुक्त विद्यार्थी संघर्ष समितिले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको छ । विश्वविद्यालय प्रशासन मनोमानी ढंगले सञ्चालन गरिएको भन्दै सोमबारदेखि विश्वविद्यालयका केन्द्रीय कार्यालय, सेवा आयोगको कार्यालय, डीन कार्यालय तथा परीक्षा अभिलेख कार्यालयसमेतमा ताला लगाईएको छ ।


केन्द्रीय क्याम्पसको शैक्षिक गुणस्तर, पाठ्यक्रम, भौतिक पूर्वाधार प्रभावकारी नबनाई सम्बन्धन दिने निर्णय खारेज गर्नुपर्ने, सेवा आयोगलाई यथाशिघ्र सकृय बनाउनुपर्ने, गाडीमा विश्वविद्यालयको लोगो राख्नुपर्ने, सुविधासम्पन्न छात्राबास निर्माण गर्नुपर्ने, दीक्षान्त समारोहमा सहभागी हुनका लागि तोकिएको शुल्क घटाउनुपर्ने लगायत विभिन्न १० माग राखि समितिले २७ गते विज्ञप्ति जारी गरेको थियो ।


समितिले असार २ गते केन्द्रीय क्याम्पस हाताभित्र विश्वविद्यालयमा भएका अनियमित गतिविधिको भण्डाफोर कार्यक्रम रहेको जनाएको छ ।

Aandolan

संघर्ष समतिमा स्वतन्त्र विद्यार्थी युनियन, नेविसंघ, अखिल क्रान्तिकारी, अखिल छैटौं, नेक्राविसंघ, राप्रविसंघ र नयाँ शक्ति विद्यार्थी युनियन रहेका छन् ।

२०७४ जेठ २९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्