Birendranagar Municipality

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मास्क लगाउन मानेनन्

एजेन्सी
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मास्क लगाउन मानेनन्

२२ चैत्र । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना संक्रमणको समयमा मास्क लगाउन अस्विकार गर्नुभएको छ । अमेरिकी स्वास्थ्य निकायले मास्क लगाउन दिएको सुझाव आफूले पालना नगर्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताउनु भएको छ ।

 

ट्रम्पले ओभल अफिस भनिने आफ्नो कार्यकक्षमा मास्क लगाएर बसेर विभिन्न देशका राष्ट्रपति, प्रधानमन्त्री, तानाशाह, राजा र रानी लाई अभिवादन गर्न नसक्ने बताउनु भएको हो ।

 

विश्वभरि फैलिएको कोरोनाभाइरस सङ्क्रमणबाट अमेरिकामा अहिले धेरै प्रभावित भएको छ। त्यहाँ सङ्क्रमित व्यक्तिको सङ्ख्या अरू देशको भन्दा सर्वाधिक छ।

२०७६ चैत्र २२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्