२२ चैत्र । जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर १ बाङ्गेसिमलले वडा स्तरीय विपद् तथा जलबायु उत्थानशिल समितिलाई रु दुई लाख सहयोग गरेको छ ।
कोरोना भाईरस फैलिन नदिन नेपाल सरकारले चैत्र ११ गते देखि २५ गते सम्म लकडाउन संगै विपन्न नागरिक समस्यामा पर्ने भएकोले उक्त सहयोग गरिएको सहकारीले जनाएको छ । शनिवार सहकारीका अध्यक्ष महेन्द्र प्रसाद शर्माले वीरेन्द्रनगर नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष गंगाराम सुनारलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।
चेक हस्तान्तरण कार्यक्रममा सहकारीका सचिव चन्द्र बहादुर सुनार, कोषाध्यक्ष हरि पौडेल, सदस्य रमेश प्रसाद दाहालको समेत उपस्थिति रहेको सहकारीका प्रवन्धक खुमलाल न्यौपानेले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस्