Birendranagar Municipality

आफुखुसी राहत वितरण नगर्न भेरीगंगा नगरपालिकाको अनुरोध

सेरोफेरो सुर्खेत
आफुखुसी राहत वितरण नगर्न भेरीगंगा नगरपालिकाको अनुरोध

२३ चैत्र । भेरीगंगा नगरपालिका सुर्खेतले कोरोना भाईरस यो संक्रमण फैलिरहेको बेला आफुखुसी राहत वितरण नगर्न सरोकारवालाई अनुरोध गरेको छ । नगरपालिकाले प्रेस विज्ञप्ति जारी गर्दे आफुखुसी प्रचार प्रसार गर्ने र सहयोग उपलब्ध गर्ने कार्य भएको गुनासो कार्यालयमा आएको भन्दै यस्तो कार्य नगर्न आग्रह गरेको छ ।

 

नगर प्रमुख भुपेन्द्र बहादुर चन्द, उप-प्रमुख रेणु आचार्य (ढकाल) र कार्यबाहक प्रमुख प्रशासकिय अधिकृत धिरेन्द्र प्रसाद शर्मा द्वारा हस्ताक्षरित विज्ञप्तिमा यस्तो संकटको समयमा राहत वितरणमा दोहोरोपन आउन नदिन, राहतलाई व्यवस्थित र एक द्वार प्रणालीमा लिन सवैको साथ सहयोग र समन्य हुनुपर्ने उल्लेख छ ।

 

साथै नगरपालिकाले सहयोग गर्न चाहाने व्यत्ति तथा संस्थाहरुले खाद्यन्न र जिन्सी सामाग्रीको हकमा सामाग्री आफैसंग राखी त्यसको विवरण सहयोग गर्ने आशयको पत्र नगरपालिकाको ईमेल ito.bherigangamon मा उपलब्ध गराउन आग्रह गरेको छ ।

 

नगदको हकमा नगरपालिकाको कृषि विकास बैंक छिन्चुमा रहेको खाता नं. ०७२१००११४६०३७०६१ मा जम्मा नगरी भौचर नगरपालिकालाई उपलब्ध गराउन समेत अनुरोध गरेको छ । प्राप्त सहयोगलाई आवश्यकताको आधारमा आफ्नो संयन्त्रमार्फत वितरण गरि दाताहरुको विवरण सार्वजनिक गरिने नगरपालिकाले जानकारी दिएको छ ।

Bherigana

२०७६ चैत्र २३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्