Birendranagar Municipality

चौकुने गाउँपालिका द्वारा कर्णाली नदीका पुल र डुङ्गाबाट यात्रा गर्न रोक

सेरोफेरो
चौकुने गाउँपालिका द्वारा कर्णाली नदीका पुल र डुङ्गाबाट यात्रा गर्न रोक

२३ चैत्र । कैलाली जिल्लामा कोरोनाको संक्रमण देखिए संगै सुर्खेतको चौकुने गाउँपालिकाले आफ्नो सिमा क्षेत्रमा पर्ने कर्णाली नदि देखि कैलाली जोड्ने पुल तथा डुङ्गाबाट आवत जावतमा प्रतिवन्ध लगाएको छ ।

 

सुदुरपश्चिमको कैलाली र कञ्चनपुरमा संक्रमण देखिए संगै शनिवार बसेको मन्त्रीपरिषदको बैठकले एक प्रदेश, जिल्ला र स्थानिय तहबाट अर्को स्थानमा जान रोक लगाउने निर्णय गरेको थियो । कैलालीबाट सुर्खेतको पश्चिममा पर्ने चौकुने गाउँपालिका हुँदै घर फर्किने जोखिम बढिरहेको सन्दर्भमा गाउँपालिकाले यस्तो निर्णय गरेको हो ।


गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले छिमेकी पञ्चपुरी नगरपालिकासँग जोडिएको भेरी झोलुंगे पुलमासमेत आवागमन गर्न पूर्ण रुपमा रोक लगाइएको जानकारी दिनुभयो । कर्णाली नदीमाथिका कैलाली जोडने कुमाल्ला सोल्टा, झाला मलेखा, सोभानचौर ताम्चा, गोला पाखा झोलुंगे पुल सञ्चालनमा रोक लगाइएको अध्यक्ष शाहीले जानकारी दिनुभयो । चौकुने गाउँपालिकाले अछाम, डोटी, कैलाली जिल्लासँग जोडिएका सबै झोलुंगेपुल, फेरीहरू सञ्चालन हुन नदीने निर्णय गरेको छ ।

 

कोलीभरा, मालुमेला, टटालीलगायतका अछाम जोड्ने झोलुंगे पुलमा पनि आवागमनमा पूर्ण रोक लगाइएको उहाँले जानकारी दिनुभयो । साथै डोटी जोडने पुक्रे बलाता, तालागाउँ काटई झोलुंगे पुल पनि बन्द गरिएको अध्यक्ष शाहीको भनाई छ ।

 

कर्णाली नदीमाथि संचालन हुने फेरी, डुंगा चल्न रोक लगाएको छ भने नदीमा पौडी खेलेर आवाज जावत कार्यसमेत पूर्ण रुपमा रोक लगाइएको गाउँपालिकाले जनाएको छ । यसको लागी सवै वडाहरुलाई परिचालित हुन निर्देशन दिइएको जनाईएको छ ।

Chaukune

२०७६ चैत्र २३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्