सेरोफेरो
३० जेठ, सुर्खेत । सुर्खेतको जन माध्यामिक विद्यालयले विद्यार्थीका अक्षर सुधार्न अभियान सञ्चालन गरेको छ । राम्रो पढ्ने, बुझ्ने तथा लेख्ने विद्यार्थी भएपनि अक्षर राम्रो भएन भने समग्र सिकाइ प्रभावकारी नहुने भन्दै विद्यालयले सोमबार देखि ‘सुन्दर अक्षर, उत्तम विद्यार्थी’ अभियान सञ्चालन गरेको हो ।
‘अक्षर व्यक्तित्व हो । राम्रो अक्षर भयो भने आत्मविश्वास बढ्छ । अङ्क पनि राम्रो ल्याउन सकिन्छ । कक्षामा मात्र नभइ भविष्यमा पनि काम लाग्ने कुरा हो ।’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द कोइरालाले सेरोफेरोसंग भने । विव्यसको अध्यक्ष भएपछि उनले गत वर्ष देखि यो अभियान सुरु गरेका हुन । कक्षा छ देखि माथिका विध्यार्थीहरुलाई यो प्रशिक्षण दिइने गरेको उनले बताए ।
अक्षर सुन्दर बनाउने कक्षा उनि आफै लिइरहेका छन् ।

अक्षर प्रशिक्षणमा सहभागी कक्षा ६ का विद्यार्थी

प्रशिक्षण दिँदै विव्यस अध्यक्ष कोइराला
प्रतिकृया दिनुहोस्