२४ चैत्र । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) रोकथाम तथा व्यवस्थापनका लागि लक्ष्मी बैंक लिमिटेडले कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषलाई दश लाख सहयोग रकम हस्तान्तरण गरेको छ । उक्त धनराशिको चेक लक्ष्मी बैंक कर्णाली प्रदेश प्रमुख श्री शैलेन्द्र राज पाण्डेले कर्णाली प्रदेशका मुख्यसचिव टेक नारायण पाण्डेलाई हस्तान्तरण गर्नुभएको हो ।
लक्ष्मी बैंकले कोभिड १९ को महामारीकोे नियन्त्रण तथा प्रभावितहरुलाई राहत प्रदान गर्ने उद्देश्यले केन्द्रिय स्तरमा कूल १ करोड बराबरको आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ । साथै ३० लाख नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गरि बाँकी ७० लाख सातैवटा प्रदेशमा सम्बन्धित प्रदेश सरकारद्वारा स्थापित कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १० लाखका दरले जम्मा गर्ने निर्णय गरेको छ ।
यस सहयोगबाट कोरोना संक्रमणको नियन्त्रण तथा संक्रमितको उपचारमा सहयोग पुग्नुका साथै महामारीको फलस्वरुप नियमित आर्थिक गतिविधि सञ्चालन नभएका कारण प्रत्यक्ष रुपमा प्रभावित व्यक्ति तथा परिवारलाई राहत मिल्ने तथा महामारीबाट समग्र अर्थतन्त्रमा पर्ने असरलाई समेत केही हदसम्म न्युनिकरण गर्न मद्यत पुग्ने बैंकको विश्वास बैंकको छ ।
प्रतिकृया दिनुहोस्