Birendranagar Municipality

बैशाख ३ गतेसम्म लम्बियो लकडाउन, गभर्नरमा महाप्रसाद अधिकारी

सेरोफेरो
बैशाख ३ गतेसम्म लम्बियो लकडाउन, गभर्नरमा महाप्रसाद अधिकारी

तस्बिर: राजन काफ्ले

२४ चैत । सरकारले लकडाउनको अवधि ८ दिन थप गरी बैशाख ३ सम्म पुर्‍याएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो। 


विश्वव्यापी फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले पहिलो पटक चैत ११ देखि लागू हुने गरी लकडाउनको घोषणा गरेको थियो । लकडाउनसंगै सबै अन्तर्राष्ट्रिय उडान, यातायात, सरकारी कार्यालय तथा विद्यालय ठप्प छन् ।


यस्तै बैठकले महाप्रसाद अधिकारीलाई राष्ट्र बैंकको गर्भनरमा नियुक्त गर्ने निर्णय गरेको छ । अर्थमन्त्री युवराज खतिवडाको संयोजकत्वमा गठित समितिले अधिकारीसहित बरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र पूर्वसचिव राजन खनालको नाम सिफारिस गरेको थियो । चार्टर्ड एकाउन्टेन्ट समेत रहेका पूर्वडेपुटी गभर्नर अधिकारी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत हुन् ।


यस्तै सरकारले कोभडि–१९ को रोकथाम तथा नियन्त्रणका लागि महिला स्वास्थ्य स्वयंसेविकहरुलाई खटाउने निर्णय गरेको छ । उनीहरुलाई सहजिकरणवापत दैनिक १५ सय रुपैयाँ दिइने छ । बैठकले महामारीका बेला निजी क्षेत्रका चिकित्सकलाई समेत सरकारी सेवासुविधा उपलब्ध गराई उपचारमा खटाउने निर्णय गरेको छ ।

 

साथै, सरकारले संसदका दुबै सदन तत्काललाई बन्द गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय समेत गरेको छ।

२०७६ चैत २४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्