२४ चैत्र । मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाईरस रोकथामका लागि कर्णाली प्रदेश सरकार द्वारा स्थापना गरेको 'विपद् व्यवस्थापन कोष'लाई पाँच लाख सहयोग रकम हस्तान्तरण गरेको छ । मेगा बैंक नेपाल लिमिटेडको सञ्चालक समितिले गरेको निर्णय अनुसार मेगा बैंक नेपाल लिमिटेड वीरेन्द्रनगर शाखाका प्रबन्धक विक्रम थापाले मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नु भएको हो ।
सहयोग रकम हस्तान्तर कार्यक्रममा प्रदेश सरकारका तर्फबाट माननीय मुख्यमन्त्री महेन्द्र बहादुर शाही, मुख्य सचिव टेकनारायण पाण्डे र अर्थ सचिव विष्णु नेपालको उपस्थिती रहेको थियो भने बैंकका तर्फबाट शाखा प्रबन्धक विक्रम थापा र कर्मचारीहरु रमेश शर्मा र गणेश प्रसाद चपाईंको उपस्थिती रहेको थियो ।
मेगा बैंक नेपाल लिमिटेड सञ्चालक समिति कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि केन्द्रीय सरकारले स्थापना गरेको कोषमा १ करोड रुपैयाँ र सात वटा प्रदेशले स्थापना गरेको कोषमा ५ लाख गरी जम्मा १ करोड ३५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो ।
प्रतिकृया दिनुहोस्