Birendranagar Municipality

सार्वजनिक बाटो रोक्दै नागरिक, बाटोघाटो नरोक्न प्रशासनको आग्रह

सेरोफेरो
सार्वजनिक बाटो रोक्दै नागरिक, बाटोघाटो नरोक्न प्रशासनको आग्रह

२५ चैत्र । कोरोना भाईरसको संक्रमण नेपालमा देखिए संगै सरकारले चैत्र ११ देखि २०७७ बैषाख ३ सम्म देशभर लकडाउन गरेको छ । कोरोनाको संक्रमण फैलिने हुँदा सरकारले नागरिकहरुलाई अत्यावसेक काम बाहेक घरमा बस्न आग्रह गरेको छ । तर नागरिकहरुले सार्वजनिक बाटोघाटोनै अवरुद्ध हुने गरी बाटो रोकीरहेका छन् ।

 

वीरेन्द्रनगर ८ क्याम्पस रोडको सार्वजनिक बाटोमा बार लगाएपछि अत्यावसेक कामको लागी हिडेका ज्ञान बहादुर ओली अर्को बाटोबाट जानु परेको गुनासो गर्नुभयो ।वीरेन्द्रनगर २ को ठौरी लगायतका स्थानमा समेत नागरिकहरुले बार लगाएका छन् । सार्वजनिक बाटोमा यसरी बार नलगाउन प्रशासनले अनुरोध गरेको छ ।

Bato 2

सुर्खेतका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको अध्यक्षतामा बैठक वसी वीरेन्द्रनगर नगरपालिका विभिन्न टोलबस्तीहरुमा लकडाउनको समयमा बाहिरी व्यत्तिहरुको आवत जावतलाई निषेध गर्न सडकमा छेकबार लगाई अत्यावसेकिय खाद्य सामाग्री लगायतका सेवा संचालन गर्न, सवारी साधान समेत आवत जावतमा बाधा पु र्‍याएको गुनासो आएकोले यस्तो कार्य नगर्न बैठकले अनुरोध गरेको छ ।


बैकठमा वीरेन्द्रनगर नगरपालिकाका उप प्रमुख मोहनमाया ढकाल, सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर खड्का, जिल्ला प्रहरी कार्यालयका प्रमुख एस.पि दिल्लीराज पन्त र उद्योग बाणिज्य संघ सुर्खेतका अध्यक्ष धनबहादुर रावतको उपस्थिती रहेको थियो । बैठकले जिल्लामा कोरोना भाईरसको रोकथाम, नियन्त्रण, तथा व्यवस्थापनको अवस्था र कार्यप्रगति बारे समिक्षा गरिएको जनाईएको छ ।

Bato3

यसैगरी राहतलाई प्रभावकारी वितरण गर्न विभिन्न वडाहरुसंग समन्वय गरी वितरण प्रभावकारी बनाउने, अत्यावसेक सामाग्रीको आपुर्ति व्यवस्थापनको लागी सुर्खेत उद्योग बाणिज्य संघले सहजिकरण गर्ने निर्णय गरेको वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले जानकारी दिनुभयो । साथै अत्यावसेकीय सामाग्री विक्री वितरण गर्दा सामाजिक दुरी कायम गरी खरिद विक्री गर्ने व्यवस्था मिलाउन अनुरोध गर्ने समेत निर्णय गरिएको ढकालले जानकारी दिनुभयो ।

Nirnaya

तस्विर : सामाजिक संजाल फेसबुकबाट

२०७६ चैत्र २५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्