Birendranagar Municipality

वीरेन्द्रनगरलाई ३० लाख, अन्य नगरलाई २० लाख र गाउँपालिकालाई १५ लाख दिने कर्णाली सरकारको निर्णय

सेरोफेरो
वीरेन्द्रनगरलाई ३० लाख, अन्य नगरलाई २० लाख र गाउँपालिकालाई १५ लाख दिने कर्णाली सरकारको निर्णय

२५ चैत्र । कर्णाली प्रदेश सरकारले कोरोना भाईरस (कोभिड १९) को रोकथाम, नियन्त्रण, उपचार, राहत तथा अन्य व्यवस्थापनको लागी वीरेन्द्रनगर नगरपालिकालाई ३० लाख, अन्य सम्पुर्ण नगरपालिकालाई २० लाख र गाउँपालिकाहरुलाई १५ लाखको दरले सम्वन्धीत स्थानिय तहले स्थापना गरेको विपद् व्यवस्थापन कोषका लागी बजेट उपलब्ध गराउने निर्णय गरेको छ ।

 

चैत्र २५ गते मंगलबार बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले देश बाहिर र पदेश बाहिर अलपत्र परेका नागरिकको तत्काल व्यवस्थापन गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय भएको प्रवक्ता विमला केसीले जानकारी दिनुभयो ।


बैठकले ठुलो संख्यामा भारत लगायत अन्य देशहरुवाट आएका कर्णाली प्रदेशका नागरिकहरुमा कोभिड–१९ को संक्रमण भएको हुन सक्ने र एक अर्को व्यक्तिमा संक्रमण फैलिन सक्ने सम्भावनालाई दृष्टिगत गर्न घुम्भी प्रयोगशाला परीक्षण सेवाको तत्काल व्यवस्थापन गर्न केन्द्र सरकारसँग अनुरोध गर्ने निर्णय भएको प्रवक्ता केसीले जानकारी दिनुभयो।

 

प्रदेशमा कोरोनाको संक्रमणसँगै गर्मीयाममा अन्य मौसमी महामारी हुनसक्ने अवस्थालाई ख्याल गर्दै औषधि, उपकरण र विशेषज्ञ सहितको टोली तयारी अवस्थामा राखि आवश्यक परेको अवस्थामा यस प्रदेशमा पठाउन नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको केसीले जानकारी दिनुभयो ।

Karnali Sarkar

२०७६ चैत्र २५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्