२५ चैत्र । कोरोना भाईरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन थप गरेसँगै वीरेन्द्रनगरमा बसेर ज्याला मजदुरी गर्ने नागरिकहरु समस्याको परेको तर्फ वीरेन्द्रनगर नगरपालिकाले ध्यान दिन थालेको छ । यस्ता नागरिकको तथ्याङ्का संकलन गरी राहतको लागी नगरपालिकाले पहल थालेको कार्यबाहक मेयर मोहनमाया ढकालले बताउनु भयो ।
पहिलो चरणमा नगरकाबासीलाई प्राथमिकतामा राखेर राहत वितरण गरिरहेका छौं, अव दोस्रो चरणमा बाहिरबाट आएर नगर क्षेत्रमा बसोबास गरिरहेकालाई राहत बाँड्न प्रदेश सरकार संग बजेट माग गरेको ढकालले बताउनु भयो ।
नगरपालिकाले नगरमा बस्ने पाँच हजार २ सय २५ परिवारलाइ राहत वितरण का.बा मेयर ढकालले जानकारी दिनुभयो ।
आज बसेको कर्णाली प्रदेश मन्त्रीपरिषद्को बैठकले वीरेन्द्रनगर नगरपालिकालाई राहत वितरणका लागि ३० लाख दिने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस्