Birendranagar Municipality

७६ दिनको लकडाउनपछि वुहानको जनजीवन सामान्य

सेरोफेरो
७६ दिनको लकडाउनपछि वुहानको जनजीवन सामान्य

२६ चैत । कोरोना भाइरसको उद्गम चीनको वुहान शहर ७६ दिनको लकडाउनपछि सामान्य जनजीवनमा फर्किन थालेको छ ।

 

गत डिसेम्वरमा वुहानबाट फैलिएको नोवेल कोरोना भाइरसको संक्रमणले विश्वभर ८२ हजार भन्दा बढीको ज्यान लिएको छ । यद्धपी पछिल्ला दिनमा चीन तथा वुहानमा कोरोना भाइरसको संक्रमण र यसबाट हुने मृत्यु शून्य प्रायः छ ।


हुबेई प्रान्तको राजधानी वुहानमा केही प्रतिवन्ध कायमै भएपनि बुधबारदेखि सीमा खुला गरिएको छ । संक्रमण पुनः फैलिन सक्ने जोखिम रहेको भन्दै सरकारी अधिकारीले सावधानी अपनाउन आग्रह गरेका छन् । वुहानमा एक करोड १० लाख भन्दा बढी मानिस बसोबास गर्छन् ।

 

वुहानका स्वस्थ बासिन्दा तथा बाहिरबाट त्यहाँ पुगेकाहरुलाई बुधबारदेखि हिँड्न दिइएको छ । रेलवे तथा विमान सेवा सुचारु भएका छन् । यस्तै राजमार्गका प्रवेशद्वारहरु खुला गरिएका छन् । बुधबार मात्रै ५५ हजार भन्दा बढी यात्रुले रेल मार्फत वुहान शहर छोड्ने अनुमान गरिएको छ ।

 

वुहानमा कोरोना भाइरुसका कारण २५ सय भन्दा बढीको मृत्यु भयो भने ५० हजार भन्दा बढी संक्रमित भए । हाल कोरोना भाइरसको संक्रमण युरोप, अमेरिका लगायत विश्वका अन्य भागमा फैलिएको छ ।

२०७६ चैत २६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्