Birendranagar Municipality

कोरोना रोकथामका लागि निर्माण व्यवसाय विकास परिषदले दियो सातै प्रदेशलाई १३/१३ लाख

सेरोफेरो
कोरोना रोकथामका लागि निर्माण व्यवसाय विकास परिषदले दियो सातै प्रदेशलाई १३/१३ लाख

२७ चैत । निर्माण व्यवसाय विकास परिषद्ले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सातै प्रदेशलाई १३ लाखका दरले रकम उपलब्ध गराउने भएको छ ।

 

परिषदका अध्यक्ष भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङको अध्यक्षतामा आज बसेको बैठकले प्रदेश स्तरीय कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

 

कोरोना भाइरसको संक्रमणले मुलुकनै संकटमा रहेकाले यसको रोकथामका लागि परिषदको कोषबाट उक्त रकम उपलब्ध गराउन लागिएको भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकास मन्त्री नेम्बाङले बताए । उनले भने, ‘औषधी, उपकरण खरिद र उपचारका लागि प्रदेशहरुलाई रकम उपलब्ध गराइएको हो ।’


परिषदले चैत ५ गते नै कोरोना भइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषलाई एक करोड रुपैयाँ उपलब्ध गराइसकेको छ ।

 

नेपाल निर्माण व्यवसायी महासंघ, निर्माण व्यवसायसंग सम्बन्धित मन्त्रालय तथा निकायहरुको प्रतिनिधित्व रहने परिषदले सामान्यतया निर्माण व्यवसायीहरुको क्षमता अभिवृद्धि, तालिम लगायतका काम गर्छ ।

MOPIT

२०७६ चैत २७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्