Birendranagar Municipality

लकडाउनमा अनेरास्ववियुद्वारा रक्तदान कार्यक्रम

सेरोफेरो/सुर्खेत
लकडाउनमा अनेरास्ववियुद्वारा रक्तदान कार्यक्रम

२८ चैत । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सुर्खेतको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।


मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पस परिसरमा शुक्रबार विहान सम्पन्न उक्त कार्यक्रममा ४१ पिण्ट रगत संकलन भएको संयोजक धुपेन्द्र बहादुर शाहीले जानकारी दिए । आयोजकका अनुसार विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी तथा सुरक्षाकर्मी लगायतले रक्तदान गरेका थिए ।


सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा रगत अभावका कारण विरामीले दुःख पाइरहेको अवस्था अवगत गरी लकडाउनकै समयमा उक्त कार्यक्रम आयोजना गरिएको शाहीले बताए ।


रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी सुर्खेत शाखासंगको सहकार्यमा गरिएको हो ।

२०७६ चैत २८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्