Birendranagar Municipality

लकडाउन उल्लंघन गर्ने २७३ लाई सम्झाई बुझाई छोडियो

सेरोफेरो/सुर्खेत
लकडाउन उल्लंघन गर्ने २७३ लाई सम्झाई बुझाई छोडियो

३० चैत । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउन उल्लंघन गर्ने २७३ जनालाई सुर्खेत प्रहरीले सम्झाई बुझाई छोडेको छ । उनीहरुलाई वीरेन्द्रनगरको विभिन्न स्थानबाट शनिबार पक्राउ गरिएको थियो ।

 

लकडाउन उलंङघन गर्नेमा १२० महिला र १५३ पुरुष थिए । उनीहरुलाई केही समय नियन्त्रणमा लिएपछि लकडाउन तथा कोरोना भाइरसको संक्रमण सम्बन्धि सजक गराई सम्झाई बुझाई गरी छाडिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

२०७६ चैत ३० मा प्रकाशित

प्रतिकृया दिनुहोस्