३० चैत्र । पर्सा जिल्लाको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।
पर्साको बिरगंज महानगरपालिका, वडा नं. २, छपकैया स्थित मस्जिदमा शंकास्पदरूपमा रहेका २१ जनाको परिक्षण गरिएको थियो । परिक्षणको क्रममा वर्ष ३७, ५५ र ४४ का पुरुषहरूलाई कोरोना संक्रमण पोजिटिभ देखिएको मन्त्रालयले जनाएको छ ।
नारायणी अस्पताल, बिरगंजमा आईसोलेशनमा राखि थ्रोट स्वाब किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र, हेटौडाको ल्याबमा परिक्षण गरिएको थियो, उक्त परिक्षणमा तीन जनाको पोजिटिभ देखिएपछि पुन एकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा चैत्र २९, शनिबार पुन परिक्षण गर्दा उनिहरुमा कोरोना पोजिटिभ देखिएको हो ।
प्रतिकृया दिनुहोस्