२ बैशाख । सरकारले कोरोना भाइरसको संक्रमण रोक्न वैशाख १५ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको छ। मंगलबार दिउँसो बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेदेखि देशभर लकडाउन छ। तेस्रोपटक थप गरिएको लकडाउन अवधि बुधबार बिहान सकिंदैछ।
काठमाडौँ उपत्यकालगायत अन्य जिल्लामा समेत कोरोना भाइरसका संक्रमित भेटिएको र विश्व स्वास्थ्य संगठनले पनि लकडाउनसहितका उपाय अबलम्वन गर्न दिएको सुझाव बमोजिम सरकारले लकडाउन अवधि लम्ब्याउने निर्णय लिएको हो।
खुला सिमाना भएको छिमेकी मुलुक भारतमा पनि बैशाख २१ गतेसम्म लकडाउन लम्बिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार बिहान राष्ट्रका नाममा सम्बोधन गरी जारी लकडाउनकाे समयावधि थप्ने घोषणा गरेका हुन् ।
प्रतिकृया दिनुहोस्